Biteko Pal Haru
जीवन चक्र पनि एउटा समय चक्र नै रहेछ। जसरी समय परिवर्तन भैरहन्छ त्यसरी नै जीवन पनि परिवर्तनशील हुदो रहेछ। समयको गतीसंगै जीवनमा कहिले मिलन कहिले विछोड, कहिले दुख-सुख,कहिले सफल-असफल,कहिले आशा-निराशा,कहिले माया कहिले घृणा,कहिले सपना-विपना,कहिले कल्पना-वास्तविकता,कहिले हासो खुसी आदि जस्ता समयले दिएका कथा-व्यथाका संम्बनधहरू उनिएका हुन्छन्।वास्तवमा जीवन एउटा समयको दाँस हो र यही समयको दासतामा मेरो जीवन यात्रा भैरहेको छ। त्यसैले आज म मेरो जीवनको वाँस्तविकतालाई उतार्ने प्रयस गरेको छु। यसरी जीवन यात्रामा धेरै मित्रहरूसंग सम्बन्ध गासिन गयो। कतिपय सम्बन्ध मित्रतामा सीमित रह्यो भने कतिपय सम्बन्ध घनिष्टतामा बदलिन गयो। आज त्यँही घनिष्टताको पललाई भुल्न सकिरहेको छैन।ऊनकै निम्ति सधैं अनलाईनमा कुर्ने ग़र्थे,ऊसकैको लागी हाँस्ने अनि ऊसकैको खुशीको लागि सधै रमाउने गर्थे र अहिले पनि ऊसकैको लागी हाँसिरहेको छु। ऊसंग गरेका मीठा-मीठा कुराहरूले आज पनि मलाई सताउने गर्छ र ऊसले भनेका कुराहरू सम्झिदाँ आँज पनि ऊ मेरो साथमा नै होला जँस्तो लाग्छ तर यो केवल मेरो सपना मात्र रहेछ। ऊ त पराँईको भै सके र पनि ऊ म देखि धेरै टाढा भैसकेको रहेछ,अब त म ऊस्को मित्रताको स्थान बाट अनन्त भई सकेछु। वाँस्तवमा यो सवै समयको खेल भयो, कति चाडै समयसंगको परिवर्तनमा सफलता भऐछ मलाई थाहै भएन। तर म अझै पनि ऊ प्रतिको चाहनालाई परिवर्तन गर्न सकिरहेको छुईन, आज पनि म मा ऊ प्रतिको चाहनामा कुनै कमी भएको छैन र यसलाई कहिले पनि कमी हुनदिने छुईन। पाउनु गुमाउनु समयको फल हो,यसलाई सबैले स्वीकार्नुनै पर्दोरहेछ.......। ऊसको लागि सधैं यो मेरो मनको ढोका खुल्ला नै हुनेछ,चाहे ऊ जति सुकै टाढा भएर पराइ नै भए पनि स्वागत.......। हुन त ऊस्को खुशी नै मेरो खुशी हो, आज पनि म ऊसलाई पहिले जस्तै पवित्र भावनाले हेरिरहेको छु र म परिवर्तन भए पनि ऊ प्रतिको मेरो चाहनालाई कहिले पनि परिवर्तन गर्न सक्दीन, तर मेरो यो चाहना दृढ रहनेछ। जसरी हिजो को इतिहासले आज दिएको छ, आजको इतिहासले भोलि दिन्छ,अनि भोलिको इतिहासले के दिन्छ त्यो त एउटा केवल सुनौलो आशाका किरणहरू मात्र हुन् ।त्यसरी नै मेरो विगतले मलाई जे दिए पनि आज त्यही सुनौलो आशाको किरणहरू लिएर आफ्नो अन्धकार जीवनलाई प्रकाश दिने कोशिश गरिरहेको छु। बेदना र आंशुको भोगाइमा जीउनु त मेरो जीवनको एउटा अभिन्न अंग जस्तै भएको छ।तर मेरो जीवनको गन्तव्यहीन यात्रा भोलि के हुन्छ त्यो त मलाई पनि थाहा छैन तर आशा छ जे हुन्छ राम्रो नै हुने छ। हुन त मेरो लागि ऊ एउटा क्षीतीजमा रहेको परी जस्तै भएको छ, न त म कहिले छुन नै सक्छु, न त पुग्न नै सक्छु। आज मलाई भन्न मन लाग्यो आकाशमा रहेका नौलाँख ताराहरू बिच नै मेरो एउटा तारा थियो। जीवनको अंधेरीमा केवल ऊ नै मेरो पूर्णिमाको जून थियो।जीवनलाई सजाउने ऊ नै मेरो सुन्दर संसार थियो, जिन्दगीमा सहारा दिने ऊ नै मेरो जिन्दगी थियो। दुखःसुखमा साथ दिने ऊ नै मेरो खुशी थियो, र मेरो हरेक पलपलमा साथ दिने ऊ नै मेरो सर्वेस्र्वा थियो।आज मैले आफ्नो मनभरि भएका ऊ प्रतिको चाहनालाई नियन्त्रण गर्न नसकि धेरै समयको अन्तरालपछि ओकलेको छु, सायद ऊसले मलाई भुलिसकेको भएता पनि आज ऊसलाई यो मेरो आत्मकथाबाट सम्झाउने प्रयास गरेको छु। ऊसैको खुशीमा म आफुलाई मौनतामा लुकाउंदै सधैं रमाउन चाहन्छु र मैले आजदेखि उनको लागी जीवनमा धेरै गर्नु पर्ने छ भन्दै यस आत्मकथालाई समाप्त गर्न चाहन्छु.....बाँकी अर्को भागमा लेख्ने प्रयास गर्ने छु
 
Member Login
 
Username:
Password:
Cont:--Lass_Tensioin@Yahoo.Com
 
free counter
New Page 2

Visitors Information
 
Doha Ko Baato By Tension Brow
 
Guitar Lesson By Tension Brow
 
Doha Live With Nabin Da
 
Today, There Have Been 52 visitors (136 hits) On This Page!
THE WEBSITES ''CREATED BY'' ( TENSION BRODA ) 'VISIT MY OFFICELY WEBSITES= WWW.THETRAVELER.COM This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free